ट्रेण्डिङ

होमपेज / समाज

युवालाई राजनीतिप्रति अपनत्व बढाउन मुख्यमन्त्री कडेलको आग्रह

नेपालगाथा २०८१ माघ २१ गते सोमबार २०:१७:०६ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले राजनीतिप्रति अपनत्व बढाउन युवाहरुलाई आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कडेलले युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने भन्दा राजनीतिमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो । 

नीति र शासनमा युवा कार्यक्रम अन्तर्गत कर्णालीका विभिन्न जिल्लाहरुबाट सहभागी भएका युवाहरुसँग आज अन्तर्क्रिया गर्दे मुख्यमन्त्री कडेलले राजनीति नै देशको मूल नीति भएकाले राजनीतिलाई घृणा होइन सही ढंगले उपयोग गर्न पनि युवाहरुलाई सुझाव दिनुभयो । पछिल्लो पुस्तामा राजनीतिप्रति वितृष्णा बढ्ने खालका अभिव्यक्ति पाइने गरेको बताउँदै मुख्यमन्त्री कंडेलले राजनीति र दललाई गाली गर्नुभन्दा सुधार गर्ने बाटोमा युवाहरु नै अघि सर्नु पर्नेमा जोड दिनुभयो । 

बाहुबली र खानदानको आधारमा राजनीति गर्ने र जनप्रतिनिधि हुने जमाना समाप्त भएको चर्चा गर्दे मुख्यमन्त्री कडेलले युवाहरुले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा अघिल्लो पुस्तालाई पछाडि पार्न सक्ने संभावना रहेको बताउनुभयो। उहाँले भन्नुभयो, हिजो बाहुबली र खानदानको आधार राजनीतिमा स्थापित हुने चलन गैसक्यो, तपाईहरुले उत्कृष्ट काम देखाउनुस् स्थापित हुन गाह्राे छैन ।

समाज बदल्न उपदेश दिन सजिलो भए पनि आफै बदिलिएर देखाउने काम जटिल भएको चर्चा गर्दे मुख्यमन्त्री कडेलले युवाहरुले आफै बदलिएर उदाहरण पेश गर्न पनि सुझाव दिनुभयो । 

 राजनीतिमा लागेर धन दौलत कमाउने भन्दा समाज रुपान्तरणका लागि हो भन्ने विषयलाई युवाहरुले जति धेरै बुभ्न सक्यौं त्यति नै राजनीति सहज र निष्कंलक हुने बताउँदै मुख्यमन्त्री कडेलले निष्कलंक राजनीतिले नै समाज रुपान्तरणमा योगदान दिने धारणा राख्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागी युवाहरुले आफूहरुले नीति र शासनको बारेमा बुझेपछि धेरै भ्रमहरु हटेको र राजनीतिप्रति आकर्षण बढेको अनुभव सुनाएका थिए । कार्यक्रमको आयोजक संस्था ऋतिक फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले जनप्रतिनिधिमूलक सस्था प्रदेशसभाका काम कारवाहीमा प्रदेशसभा सदस्यहरुलाई  सहजीकरण गर्दे उत्प्रेरकको काममा सहभागी यूवाहरुले योगदान दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top