ट्रेण्डिङ

होमपेज / समाज

समुन्नत नागरिक बनाउन खेलकुद आवश्यक छ - मुख्यमन्त्री कँडेल

नेपालगाथा २०८१ माघ २० गते आइतबार १५:२५:०४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वस्थ र समुन्नत नागरिक बनाउन खेलकुद आवश्यक रहेको बताएका छन् । आज वीरेन्द्रनगरमा सञ्चालित सातौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई समग्र व्यक्तित्व विकासको लागि आवश्यक भएकाे बताए । स्वस्थ जीवनशैली अपनाउन, मानसिक सन्तुलन कायम गर्न र सामाजिक सद्भाव बढाउन समेत खेलकुदको आवश्यकता रहेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे ।

समाजमा रहेका हरेक युवा एवम् बालबालिकालाई खेलकुदमा जोड्न सके असल नागरिक बनाउने हाम्रो अभियान सफल हुने हुने मुख्यमन्त्री कँडेलको भनाई थियो । खेलकुदले स्वस्थ, अनुशासित र सफल जीवन जिउन सहयोग गर्ने भएकाले शरीरलाई मात्रै होइन, मानसिक र सामाजिक पक्षलाई पनि मजबुत बनाउने भएकाले हरेक व्यक्तिले खेलकुदलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनु जरुरी रहेको मुख्यमन्त्री कँडेलले बताए । सातौँ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top