ट्रेण्डिङ

होमपेज / समाज

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट शुरु

प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

नेपालगाथा २०८१ माघ १८ गते शुक्रबार ११:१२:२९ मा प्रकाशित

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ । संघीय संसद् सचिवालयले दुवै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

आजको बैठकमा गत पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रस्तुत हुनेछ भने सरकारले जारी गरेको अध्यादेशहरू सदनका दुवै बैठकमा प्रस्तुत हुनेछन् ।

हिउँदे अधिवेशनको पहिलो दिन आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top