ट्रेण्डिङ

होमपेज / समाज

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी अस्पतालको अवलोकन

नेपालगाथा २०८१ माघ १८ गते शुक्रबार १०:४२:१८ मा प्रकाशित

माघ । मोरङको उर्लाबारी–३ मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निरीक्षण गरेकी छन् । उनलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार शाहले अस्पतालको भावी योजनाका बारेमा पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

पन्ध्र शय्याको दरबन्दी रहेको अस्पतालले ५५ शय्याको सेवा दिँदै आएको उनले जानकारी दिए । पचास शय्याको मात्र अनुमति भए पनि बिरामी चापले ५५ शय्याको सेवा दिँदै आएको र उपकरण सामग्री पर्याप्त हुनासाथ अस्पतालले चाँडै ६० शय्याको सेवा दिने उनको भनाइ छ ।

पूर्वराष्ट्रिपति भण्डारीले जननेता मदन भण्डारीको नाम जोडिएको ट्रमा सेन्टरलाई चाँडै सबै पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताइन् । पहाडको बसाइँसराइ रोक्न पनि धनकुटा र ताप्लेजुङमा सबै उपचार हुनेगरी सुविधासम्पन्न अस्पताल आवश्यक हुने उनको भनाइ छ ।

कोशी प्रदेशकै सरकारको गौरवको आयोजना रहेको यस नमूना अस्पतालबाट ट्रमाका सम्पूर्ण सेवाका साथ आकस्मिक सेवा, भिडियो एक्से, सिटी स्क्यान, ओपिडी, प्रयोगशाला, अन्तरङ्ग, रेडियोलोजी/रेडियोग्राफी, फार्मेसी, फिजियोथेरापी, नेत्ररोग, खोप, एम्बुलेन्स, पोष्टमार्टम तथा फ्रिजर, प्रसूति तथा सुरक्षित गर्भपतन सेवा, नेत्ररोग सेवा दिँदै आएको छ ।

विसं २०४९ चैतमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सुरू अस्पताल २०७२/७३ सालमा १५ शय्यासहितको मङ्गलबारे अस्पताल हुँदै २०७७ साल साउनदेखि ५० शय्याको अस्पतालसहित ट्रमा सेन्टरका रूपमा स्तरोन्नति भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top