होमपेज / समाज
जुम्ला । प्रेस चौतारी नेपाल जुम्लाको अध्यक्षमा पत्रकार मानदत्त रावल निर्वाचित भएका छन् । विहिबार सम्पन्न प्रेस चाैतारी जुम्लाकाे चाैथाे जिल्ला अधिवेशनबाट मानदत्त रावलकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएकाे हाे ।
नयाँ कार्यसमितिकाे उपाध्यक्ष (खुला)मा सपना रावत, उपाध्यक्ष (समावेशी) लक्ष्मी न्याैपाने निर्वाचित भएका छन् । यसैगरी सचिवमा पत्रकार काली बहादुर परियार, सह-सचिव (खुला) तर्फ दिपक बुढ्थापा, सह-सचिव (समावेशी) मा प्रभा भण्डारी र काेषाध्यक्षमा महेश चाैलागाई निर्वाचित भएका छन् ।
त्यस्तै कार्यसमितिकाे सदस्यमा सीता कुमाई, कविता थापा, प्रभा भण्डारी, स्यानु उपाध्याय, हिर बहादुर राेकाया, ललितजंग थापा, लाेकेशजंग कामी, बिन बहादुर रावत, नरेन्द्र राेकाया सदस्यमा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आजै सपथ ग्रहण गरेका छन् ।
पाँचाै अधिवेशन सम्पन्न गर्न प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य कृष्ण बहादुर विक, कर्णाली प्रदेशका महासचिव प्रेमराज सिम्खडाकाे उपस्थित रहेकाे थियाे । नयाँ कार्यसमितिलाई बधाई ज्ञापन संगै श्रमजीवि पत्रकारहरुकाे हितमा कलम चलाउन केन्द्रीय सदस्य विकले सुझाव दिए । उनका अनुसार सुशासन र न्यायका पक्षमा चाैतारीले निरन्तर पैरवी गर्नुपर्छ । प्रदेश महासचिव प्रेमराज सिम्खडाले पत्रकारहरुकाे पेशागत हक र सुरक्षाका लागि प्रेस चाैतारीले अग्रणी भूमिका खेल्नुपर्ने बताए ।