ट्रेण्डिङ

होमपेज / समाज

ऐन आउँदैन, विधेयक बन्दैन भने पदमा बस्दिनँ - शिक्षामन्त्री भट्टराई

नेपालगाथा २०८१ माघ १७ गते बिहीबार १९:४९:४१ मा प्रकाशित

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके पदमा नबस्ने घोषणा गरेकी छिन् ।आज नेकपा (एमाले) को भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै मन्त्री भट्टराईले ऐन आउँदैन, विधेयक बन्दैन भने पदमा नबस्ने घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो,’ उनले भनिन्, ‘सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’ राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top