ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारी नेपाल ललितपुरको अध्यक्षमा नवीन लुइँटेल

नेपालगाथा २०८१ माघ १७ गते बिहीबार १९:०६:०५ मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपाल ललितपुरको छैटौँ अधिवेशनले नवीन लुइँटेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेकाे छ । बिहीबार सम्पन्न जिल्ला अधिवेशनले उपाध्यक्ष र महिला उपाध्यक्षमा अशोक दुलाल र शान्ति घिमिरेलाई निर्वाचित गरेकाे छ ।

संगठनको सचिवमा सन्तोष दाहाल, सहसचिवमा लक्ष्मण दुलाल र रवि महर्जन निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा समीर थापा चुनिनुभएको छ । सदस्यहरूमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी र ज्ञानु दुलाल निर्वाचित भएका छन् । 

यसैगरी अधिवेशनले केन्द्रीय पार्षद् बालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रवीण कुलुङ राई, अशोक दुलाल र सन्तोष दाहाल निर्वाचित हुनुभएको छ । प्रदेश पार्षद् जिबी लामा, सौगात मिश्र, नवराज सञ्जेल, दीपकप्रसाद घिमिरे, सुभानु आचार्य र विधान रिजाल निर्वाचित हुनुभएको छ । 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामा लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top