होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशसभा अन्तर्गत विषयगत समितिका सभापतिहरु निर्वाचित भएका छन् । जसअन्तर्गत सामाजिक विकास समिति सभापतिकाे सभापतिमा पूर्णबहादुर खत्री, सार्वजनिक लेखा समिति सभापतिमा विन्दमान विष्ट र अर्थ तथा प्राकृतिक स्रोत समिति सभापतिमा दक्षिणा शाही निर्वाचित भएका छन् ।
विगत लामाे समयदेखि रिक्त रहेका विषयगत समितिका सभापति निर्वाचित भएसँगै आजै सपथ ग्रहणकाे कार्यक्रम पनि भएकाे छ । अब समिति सक्रियताका साथ अघि बढ्ने बताइएकाे छ ।