होमपेज / समाज
काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । महाराष्ट्र सरकारले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा चारजना नेपालीको पनि मृत्यु भएकाे छ। मृत्यु हुनेमा चारै जना नेपाली अछामका हुन् । जसमा ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा (कोसी प्रदेश), ४० वर्षीय लच्छी राम पासी, ४३ वर्षीया कमला नवीन भण्डारी र ६० वर्षीया जवकला भाटे जयकाडी रहेका छन्।
त्यस्तै घाइते हुनेहरुमा अछाम मंगलसेनकी ३८ बर्षीया ह्युजला सावन्त, मंगलसेनकै ८ वर्षीय धर्मबहादुर सावन्त, दैलेखकको दुल्लु नगरपालिकाका १८ वर्षीय दीपक थापा र दुल्लुकै २५ वर्षीया मञ्जु परिहा रहेका छन्।