ट्रेण्डिङ

होमपेज / समाज

अन्तरपालिकास्तरीय सिकाईआदान प्रदान कार्यक्रम सम्पन्न

नेपालगाथा २०८१ माघ ९ गते बुधबार २०:१५:१० मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा अष्ट्रेलीयन सरकार र द एशीया फाउन्डेसनको स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहयोगमा सञ्चालन गरिएको अन्तरपालिकास्तरीय सिकाईआदान प्रदान दुईदिने कार्यक्रम वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । 
कार्यक्रमको समापन समारोहमा बोल्दै नेपालका लागि अष्ट्रेलियाली राजदुत लीन जोन्सटनले समूह अवलोकनबाट धेरै अनुभव लिन पाएको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाले स्थानीय समुदायमा साना साना समूह बनाएर समुदायलाई सशक्तीकरण गरेको अनुभव अनुकरणीय रहेको राजदूत जोन्सटनले बताउनुभयो । 

यसैगरी वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगरपालिकाले गरेका उत्कृष्ट कार्यहरुलाई देशका सातवटै प्रदेशका प्रतिनिधिमूलक नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिलाई स्थलगत अवलोकन गराउन पाउँदा निकै खुशी लागेको बताउनुभयो । 

कार्यक्रमका सहभागीहरुले अष्ट्रेलियाली सरकारको साझेदारीमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तरगत सञ्चालित असल अभ्यास तथा सिकाई आदानप्रदान कार्यक्रमले वीरेन्द्रनगर नगरपालिकाका असल अभ्यासहरु सिकेर आआफ्नो पालिकामा लागू गर्ने बताएका थिए । 

कार्यक्रममा सात वटै प्रदेशका प्रतिनिधिमूलक नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top