ट्रेण्डिङ

होमपेज / समाज

आज अमेरिकी राष्ट्रपति ट्रम्पको शपथग्रहण

नेपालगाथा २०८१ माघ ७ गते सोमबार १०:३३:०० मा प्रकाशित

अमेरिका । आज अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको शपथ लिदैँछन् । तर, वासिङ्टन डिसी कडा चिसोको कारण सोमबार क्यापिटल रोटुण्डाको बन्द ठाउँमा शपथग्रहण गर्ने भएका हुन् ।

सन् १९८५ पछि पहि लो पटक अमेरिकी राष्ट्रपतिको शपथग्रहण समारोह घरभित्रै हुन लागेको हो । वासिङ्टनको तापक्रम सोमबार (जनवरी २०) मा माइनस १० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएकाले शपथ बन्द कोठामा लिन लागिएको हो ।

साथै, १५० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको शपथग्रहण समारोहमा विदेशी नेता सहभागी हुने भएका छन् । डोनाल्ड ट्रम्पले चिसो मौसमका कारण क्यापिटल रोटुण्डामा सपथ ग्रहण समारोह आयोजना गर्न आदेश दिएको पुष्टि गरेका छन् ।

जानकारीका अनुसार राष्ट्रपतिको सम्बोधनका साथै अन्य भाषण अब भवन बाहिर नभई युएस क्यापिटलको रोटुण्डा भित्र हुनेछ । उद्घाटन परेड पनि लगभग १.६ किलोमिटर टाढा वासिङ्टनको क्यापिटल वन एरेनामा हुनेछ ।

पछिल्लो पटक शपथग्रहण समारोह पूर्व रिपब्लिकन राष्ट्रपति रोनाल्ड रेगनको दोस्रो कार्यकालको लागि घर भित्र नै आयोजित गरिएको थियो ।

ट्रम्पले यस ऐतिहासिक कार्यक्रमलाई प्रत्यक्ष हेर्न र राष्ट्रपतिको परेड आयोजना गर्न सोमबार क्यापिटल वन एरिना खोल्ने बताए । ‘म मेरो शपथग्रहण पछि क्यापिटल वनमा भीडमा सामेल हुनेछु,’ उनले भनेका छन ।

ट्रम्पले आफ्नो पोस्टमा भनेका छन् कि क्यापिटल वन एरिनामा दिउँसो ३ बजेको लागि निर्धारित विजय र्‍यालीसहित अन्य सबै कार्यक्रमहरू उस्तै रहने छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top