ट्रेण्डिङ

होमपेज / समाज

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट कार्यमा संलग्न हुम्लाका युवा पक्राउ

नेपालगाथा २०८१ माघ ६ गते आइतबार १९:२१:२२ मा प्रकाशित

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिटमा संलग्न रहेको आरोपमा हुम्लाका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गत २ गते काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न रही फरार रहेका हुम्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौ सुर्यदर्शन हाईट बस्ने ३२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई टोखा वडा नं. ३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनमाथि प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । साथै उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरुको पनि खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top