होमपेज / समाज
सुर्खेत । सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पितृशोक परेको छ भने आजै नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणि गौतमलाई मातृशोक परेको छ ।
अध्यक्ष डा. विष्टका पिता मानबहादुर विष्टको ९१ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । यस्तै आजै दिउसाे नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणि गौतमलाई मातृशोक परेको छ । गौतमकी आमा डिना गौतमको ८१ वर्षको उमेरमा निधन भएको हो ।
नेपाली पत्रकारिता ईतिहासका दुई महत्वपूर्ण व्यक्तिहरु विष्टलाई पितृशोक र गौतमलाई मातृशोक परेको यस दुःखद् घडीमा विभिन्न माध्यमबाट विभिन्न व्यक्तिहरुले दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।