ट्रेण्डिङ

होमपेज / समाज

२७औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रमसहित मनाइँदै

‘भूकम्पले सिकाएको पाठ: बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ मूल नारा

नेपालगाथा २०८१ माघ २ गते बुधबार ०९:५५:०० मा प्रकाशित

काठमाडौं  । वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ । ‘भूकम्पले सिकाएको पाठ: बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज विविध कार्यक्रमहरु सञ्चालन गरी २७ औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।

भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमासमेत गरिएको छ । वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठूलो विनाशकारी भूकम्प गएको थियो ।

भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपालसहित आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आइनैरहेको छ । यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनाशकारी भूकम्पको सामना गर्नुपर्‍यो । वर्ष ८० मा पनि साना ठूला भूकम्पको पराकम्पका साथै जनधनको क्षति पनि भएको छ । यसै वर्ष पनि जाजरकोटमा भूकम्प गएको थियो ।

यस्तो घटना फेरि फेरि पनि हुन सक्ने हुँदा भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने र यस्तो अवस्थामा कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेत गराउन अति आवश्यक छ । सरकारले यसबारे पहलकदमी गरेपनि अझै पूर्णता भने दिन सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top