होमपेज / समाज
काठमाडौं । यसवर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा चैत ७ गते बिहीबारदेखि हुने भएको छ । मंगलबार सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० (एसइई)को समय तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने र चैत १९ गते सकिनेछ ।
चैत ७ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत/वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी, मदरसातर्फ अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)को परीक्षा हुनेछ ।
त्यस्तै, दोस्रो दिन अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजी र तेस्रो दिन अनिवार्य गणितको परीक्षा हुनेछ ।