होमपेज / समाज
काठमाडौं । सरकारकाे शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेका ५ वटा अध्यादेशमध्ये चार वटा अध्यादेश जारी भएका छन् तर एउटा अध्यादेश भने जारी भएन ।
राष्ट्रपति कार्यालयका अनुसार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदश २०८१? आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ ।
तर भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश भने जारी भएन । राष्ट्रपति कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव शैलजा रेग्मीले उक्त अध्यादेश अध्ययनको क्रममा रहेकाले अहिले जारी नभएको जानकारी दिइन् ।