ट्रेण्डिङ

होमपेज / समाज

साँखु शालीनदीमा आजदेखि मेला शुरु

नेपालगाथा २०८१ पौष २९ गते सोमबार ०९:१५:४४ मा प्रकाशित

काठमाडाै‌ं । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन्य । यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ ।

‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यहाँ प्रत्येक वर्ष लाखौँ भक्तजन पुग्ने गर्छन् । 

शालीनदीमा लाग्ने मेलाको सबै तयारी पूरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top