होमपेज / समाज
काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागले आगामी माघ २ गते २७औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । विभागले आइतबार पत्रकार सम्मलेन गर्दै ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भूकम्प सुरक्षा दिवस मनाउन लागेको जानकारी दिएको हो ।
‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’भन्ने मूल नाराका साथ देशब्यापी रुपमा विविध कार्यक्रमहरु संचालन गरी २७औं भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको पत्रकार सम्मलेनमा जानकारी गराइएकाे छ ।
विभागका अनुसार यस दिवसको मूल समारोहको कार्यक्रम कीर्तिपुर नगरपालिकास्थित वि.पी. कोइराला मेमोरियल विज्ञान संग्राहलय परिसरमा आयोजना गरिनेछ ।
यसदिन कीर्तिपुर क्षेत्रमा विभिन्न संस्थाहरुले लामबद्ध भई भूकम्प सुरक्षा ¥यालीमा भागलिने छन् । कीर्तिपुरको पाँगा दोबाटोबाट शुरु भएर उक्त र्याली पाँगा बसपार्क, लाछीभ्यावं, नगाउँ, खसीबजार, बाघ भैरव मन्दिर, इट्टाछे, मंगल स्कूल, नगरपालिकाभवनहुँदै कार्यक्रमस्थल आइपुग्ने छ ।
कार्यक्रम स्थलमा दुईदिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुको पनि सहभागिता रहने विभागले जनाएको छ ।
भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक विभिन्न निकायहरुको सक्रियतामा प्रदेश तथा स्थानीयतह लगायत देशभरी नै गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रहरु, रक्तदान, सडकनाटक, अडियो भिडियो कार्यक्रमहरु लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरु आयोजना हुने पनि विभागले जनाएको छ ।