ट्रेण्डिङ

होमपेज / समाज

रवि लामिछाने फेरि प्रहरी हिरासतमा

नेपालगाथा २०८१ पौष २८ गते आइतबार १७:२६:५७ मा प्रकाशित

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: हिरासत चलान भएका छन् । जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस नभ्याइएपछि उनलाई न्यायिक हिरासतमा पठाइएको हो । आज बयान मात्रै सकिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आज उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो । लामिछाने आज अदालतमा उपस्थित भएका थिए ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top