होमपेज / समाज
जुम्ला । जुम्ला जिल्लामा आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहले अनलाइनमार्फत सिफारिस सेवा सुरुआत गर्ने भएका छन्। नागरिकताको प्रमाणपत्र लिनका लागि जिल्लाका आठवटै स्थानीय तहमा अनलाइन सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।
यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । प्रजिअ शाहीले भने, ‘गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको हो । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिन्छ । यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइनेछ ।’