होमपेज / समाज
काठमाडौं। नेकपा (एमाले) कर्णालीले कर्णालीमा गर्नुपर्ने विकास निर्माणको कामका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । एमाले कर्णालीका नेताहरूले गएराति प्रधानमन्त्रीलाई भेटेर आउने बजेटमा कर्णाली प्रदेशमा समेट्नु पर्ने योजनाको बारेमा ध्यानाकर्षण गराएको हो ।
एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको नेतृत्वमा कर्णालीबाट पार्टी केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूले प्रधानमन्त्रीलाई भेटेका थिए ।
प्रधानमन्त्रीलाई कर्णालीको विकासका लागि आगामी बजेटमा समेट्नु पर्ने विषयका बारेमा लिखित रूपमा ध्यानाकर्षण गराइएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । ‘हामीहरूले प्रधानमन्त्रीज्यूलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेका छौँ’, रिजालले भने ।