ट्रेण्डिङ

होमपेज / समाज

सूर्यदर्शन सहकारी ठगी मुद्दाका आरोपीलाई धरौटीमा रिहा गर्न आदेश

कोसँग कति मागियो धरौटी ?

नेपालगाथा २०८१ पौष २५ गते बिहीबार १८:४२:०७ मा प्रकाशित

पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नितीज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका सात जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ र गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीलाई ८५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसैगरी, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५-५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सूचना अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top