ट्रेण्डिङ

होमपेज / समाज

कृषि विकास रणनीति तयार हुँदै

नेपालगाथा २०८१ पौष २५ गते बिहीबार ११:४३:४० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्ने भएकाे छ । कृषिलाई व्यावसायीकरण गर्न दश वर्षे रणनीति योजना निर्माण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएकाे छ। आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष २०९१/०९२ सम्मका लागि दश वर्षे कृषि विकास रणनीति योजना निर्माणका लागि अहिले रणनीति योजनाको मस्यौदा निर्माण भइरहेकाे छ ।

निर्माण गरिएको मस्यौदामा कृषिलाई व्यावसायिक बनाउन प्रतिस्पर्धात्मक कृषि प्रणाली, आयात प्रतिस्थापन र कृषिमा औद्योगिकरणलाई जोड दिइएको छ । कृषिको दिगो विकासका लागि कृषक संरक्षणमुखी कार्यक्रम ल्याउने, सरकारीस्तरबाट उत्पादन सामग्री र बजारको सुनिश्चितता गर्ने एवम् तीनै तहका सरकारबीचको समन्वयमा कृषि अभियान सञ्चालन गरिने उल्लेख छ ।

अर्गाानिक उत्पादनलाई वृद्धि गर्ने लक्ष्यसहितको रणनीति योजना निर्माण गरिएको हो । कृषिलाई व्यावसायिक बनाउन ‘प्रदेश कृषि विकास रणनीति २०८१’ निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । प्रदेशको कृषि रणनीति योजनाको मस्यौदा केही वर्ष अघि नै निर्माण भएको थियो । तर मस्यौदाको ड्राफ्ट मन्त्रालयमा नै थन्किएको थियो । यो वर्ष रणनीति योजनालाई अन्तिम रूप दिन लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top