ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने 

माघ २५ गतेसम्म जिल्ला अधिवेशन र फागुन ७ गते प्रदेश अधिवेशन सक्नुपर्ने

नेपालगाथा २०८१ पौष २५ गते बिहीबार ०९:१९:२५ मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ । प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म हुने भनिएको अधिवेशन विशेष कारणले फागुन २५ देखि २७ गतेसम्म हुने जानकारी दिनुभयो । 

बस्नेतले प्रेस चौतारी नेपालले प्रदान गर्ने पुरस्कार सिफारिसको लागि सिफारिस समिति पनि गठन भएको जानकारी दिनुभयो । पुरस्कारको घोषणा प्रेस चौतारी नेपालको स्थापना दिवसको दिन माघ २२ गते हुने उहाँले बताउनुभयो । उहाँले माघ २५ गतेसम्म जिल्ला अधिवेशन सक्नुपर्ने र फागुन ७ गते प्रदेश अधिवेशन समेत सक्नुपर्ने स्पष्ट पार्नुभयो । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्ला र प्रदेशमा केन्द्रले तदर्थ समिति बनाउने पनि उहाँले स्पष्ट पार्नुभयो । जिम्मेवारी लिने र काहीँ पनि नभेटिने प्रवृत्ति अब संगठनमा अन्त्य हुनु पर्ने बस्नेतले बताउनुभयो । जिम्मेवारी लिनेले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका महासचिव हीरामान लामाले संगठनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष इन्द्र आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top