होमपेज / समाज
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने विभिन्न निर्माण कम्पनीलाई कालोसूचीमा राखेकाे छ । विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।