ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारीको महाधिवेशन फागनु २३ देखि २५ गतेसम्म विराटनगरमा हुने

नेपालगाथा २०८१ पौष १७ गते बुधबार २१:५३:२४ मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ । माघ २५ गतेभित्र जिल्ला अधिवेशन र फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको हो ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो ।

बैठकमा नेताहरूले सर्वसम्मतिमा नेतृत्व चयन हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top