ट्रेण्डिङ

होमपेज / समाज

ग्लोबल आइएमई बैंककाे १८औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

नेपालगाथा २०८१ पौष १७ गते बुधबार १०:१५:२४ मा प्रकाशित

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियानअन्तर्गत सञ्चालन गरेको हाे । ग्लोबल आइएमई बैंक यही पुस १८ गते बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गर्दैछ ।

अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।

बैंकले सबै प्रदेशहरुमा यही पुस महिनामा शिविरहरु सञ्चालन गर्दैछ । जसअन्तर्गत 

बागमती प्रदेशमा हेटौंडा उपमहानगरपालिका वडा नं. ११ मकवानपुरस्थित सरस्वती टोल हलमा  - पुस १८ गते बिहीबार,

मधेश प्रदेशमा कलौया उपमहानगरपालिका वडा नं. १, बारास्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका वडा नं. १ पर्वतस्थित भुक स्वास्थ्य चौकीमा  - पुस २० गते शनिबार,

कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङस्थित आधारभुत स्वास्थ्य चौकी, बर्खी टोलमा  - पुस २१ गते सोमबार,

लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका वडा नं. ११, रुपन्देहीस्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा  - पुस २३ गते बुधबार,

कर्णली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतस्थित दौलाटपुर स्वास्थ्य चौकीमा  - पौष २६ गते शनिबार र

सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं. ८ कैलालीस्थित स्याउले आधारभुत स्वास्थ्य चौकीमा  - पौष २८ गते सोमबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ/संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top