होमपेज / समाज
बाँके। नेपालकाे तराईमा शीतलहर र बाक्लो कुहिराेका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिराेका कारण चौपाया, पशुपक्षी तथा बालीनालीमा समेत असर पुर्याएको छ ।
चिसोकै कारण अहिले सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । बजारमा बाक्लो कपडा बिक्री बढेको छभने चिसोकै कारण बजारकाे चाेकमा मानिसको उपस्थिति न्यून भएको छ ।
चिसोकै कारण स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको संख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् । लगातार बढ्दै गएको चिसोले बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् ।
स्थानीय पालिकाले विभिन्न गाउँबस्तीमा जाडोबाट बच्न ठाउँठाउँमा आगो बालेर ताप्ने व्यवस्था मिलाएका छन् ।