ट्रेण्डिङ

होमपेज / समाज

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

नेपालगाथा २०८१ पौष १६ गते मंगलबार ०७:०५:४७ मा प्रकाशित

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।

नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा विसं २०३३ पुस १६ गते सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ देशको सार्वभौमसत्ता संरक्षणका लागि ज्यानकाे बाजी थापेर स्वदेश फर्किएका थिए ।

आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top