ट्रेण्डिङ

होमपेज / समाज

हिमाली जिल्लामा दोस्रो पटक हिमपात

हिमपातले किसानहरुमा खुशीयाली

नेपालगाथा २०८१ पौष १३ गते शनिबार २१:४८:०५ मा प्रकाशित

मुगु । हिमाली जिल्लामा दोस्रो पटक हिउँ पर्दा स्थानीय कृषकमा खुशी देखिएका छन् । हिउँ परेसँगै हिउँदे अन्नबाली उत्पादनमा राम्रो हुने भएपछि किसानहरु खुशी भएका हुन् ।

हिमाली जिल्ला मुगुकाे रासँगै आसपासका बस्तीहरुमा पनि हिमपात भएको छ । मुर्मा, कोटील्ला, सोबा लगायत बस्तीमा पनि हिमपात भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा, सोरु, खत्याडका हिमाली बस्तीमा पनि हिमपात भएको छ । मुगुमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताए ।

वर्षा र हिमपात नहुँदा चिन्तित देखिएका किसानहरु हिमपात हुन थालेपछि खुशी देखिएका छन् । हिमपातले अन्नबाली, फलफूल जडिबुटीहरु राम्रो हुने किसानहरुको आशा गरेका छन् ।

शुक्रबारदेखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जानकारी दिएको छ । हिमपात भएपछि मुगुका हिमाल सेताम्य देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top