ट्रेण्डिङ

होमपेज / समाज

मुलुक निर्माणकाे लागि आत्मविश्वासका साथ अघि बढ्नुपर्छ - महासचिव पाेखरेल

नेपालगाथा २०८१ पौष १२ गते शुक्रबार १९:५१:२४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव श‌ंकर पाेखरेलले मुलुक निर्माणकाे लागि आत्मविश्वासका साथ अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैँडाकोटमा विधान तथा नीति निर्माणको सन्दर्भमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै महासचिव पोखरेलले नेपालमा समस्या छ भन्दैमा समस्याबाट भागेर समाधान ननिस्कने बताउनुभयो । हरेक समस्यासँग लड्दै अघि बढ्नु नै बुद्धिमानी हुने उहाँको धारणा छ । 

पार्टीको विपक्षमा बोल्दै हिँडेको कारण भीम रावल आफ्नै कर्मले पार्टीबाट बाहिरिनुभएको उहाँले बताउनुभयो । बाहिरिएको मानिसलाई बाहिरिनुभएको जानकारी पार्टीले मात्रै दिएको पोखरेलले बताउनुभयो । ‘जसले एमाले सिध्याउन लागेका छन् उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्, अनुशासन हीनता उद्देश्य प्राप्तिको लागि तगारो हुने गर्दछ’, उहाँले भन्नुभयो । 

अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरी क्रियाशील हुने आधार हो भन्ने बुझ्नु पर्ने उहाँले बताउनुभयो । सार्वजनिक टिप्पणी के भयो भन्ने भन्दा पनि पार्टीलाई अनुशासित बनाउनको लागि यो कदम चालिएको उहाँले स्पष्ट पार्नुभयो । अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पुरा नगर्ने प्रवृत्ति बढ्दै गएको पोखरेलले बताउनुभयो । अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

हिजो के भयो भनेर होइन अब के गर्ने भनेर अब देश निर्माणको दिशामा अघि बढ्नु पर्ने उहाँले बताउनुभयो । ‘हामी सफल पनि हुनुपर्दछ, हामी उदाहरणीय पनि हुनुपर्दछ’, पोखरेलले भन्नुभयो । 

आज पनि पार्टी र नेतृत्व माथि नै चौतर्फी आक्रमण र घेराबन्दी भइरहेको पोखरेलले बताउनुभयो । काम गर्नेले नै गल्ती गर्ने बताउँदै पोखरेलले अहिले राम्रो काम गरेको कारण एमाले माथि आक्रमण र घेराबन्दी गरिएको कुरालाई बुझ्न जरुरी रहेको उहाँको धारणा छ । 

अस्थिरताको कारण मुलुक बरबाद भएको बताउँदै पोखरेलले प्रचण्डले भने त्यही अस्थिरतामा खेल्ने कुरालाई आफू डाइनामिक भन्ने गर्नुभएको बताउनुभयो । त्यही अस्थिरतालाई रोक्न कांग्रेस एमाले मिलेका उहाँले स्पष्ट पार्नुभयो । साना साना पार्टीका कारण देशमा अस्थिरता नआओस् भनेर यसो गर्नुपरेको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top