होमपेज / समाज
सुर्खेत । सिद्धार्थ बैंक लिमिटेडले २२औं वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । यसै सन्दर्भमा कर्णली प्रदेश स्थित सुर्खेत शाखामा पनि रक्तदान कार्यक्रमका आयोजना गरिएकाे छ। नेपाल रेडक्रस सोसाईटीसँगको समन्वयमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहक महानुभावहरु एवं स्थानीयबासीहरु गरी ३१ जना रक्तदाताहरुको सहभागिता रहेको थियो ।
अस्पतालहरूलाई जहिले पनि रगतको आवश्यकता रहेको कुरालाई मनन गर्दै केही हदसम्म भए पनि कम गर्ने उद्देश्य लिइ बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको बैकले जनाएकाे छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशैभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखा रहित बैंकिङ्ग सेवा, २२६ एटिएम मार्फत् ग्राहकलाई उच्चस्तरीय र आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
‘सम्बन्ध सधैभरीलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले आफ्नो ग्राहक सेवा केन्द्र (सिद्धार्थ केयर– ०१–५९७००२०, customercare@sbl.com.np) मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४ सै घण्टा गर्दै आएको छ ।