ट्रेण्डिङ

होमपेज / समाज

नेपाल जेसिजकाे राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

नेपालगाथा २०८१ पौष ९ गते मंगलबार १९:५७:२४ मा प्रकाशित

इटहरी । नेपाल जेसिजको ५१ औं महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । इटहरीमा सम्पन्न भएको नेपाल जेसिजको निर्वाचनकाे मतगणनाको परिणामअनुसार थापा ७६२ मत प्राप्त गरी राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएको हो । थापाले जीवन कार्कीलाई पराजित गर्नुभएको हो । कार्कीले ५ सय ५३ मत पाउनु भएको छ । महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सहमति जुटन नसकेपछि चुनाव भएको थियो ।

अध्यक्षमा ५ जनाको आकांक्षा भए पनि गएराति २ जनाका बीचमा चुनावी प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धामा थापा विजयी हुनुभएको छ । थापाको जितसँगै नेपाल जेसिसले इतिहासमा पहिलोपटक महिला नेतृत्व पाएको छ । निर्वाचनबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ विजयी हुनुभएको छ ।

यसैगरी राष्ट्रिय उपाध्यक्षमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापाकाजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्जल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेपाल जेसिजको महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । महाधिवेशनमा नेतृत्व चयनका लागि सहमति प्रयास सफल हुन नसकेपछि निर्वाचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top