होमपेज / समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पुगेको छ । लामिछानेविरूद्व सम्पत्ति शुद्धीकरणसहित ३ कसुरमा आज मुद्दा दर्ता भएसँगै जिल्ला सरकारी वकिलको कार्यालयले निलम्बन गर्न पत्र संसद सचिवालयमा पठाएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐनमा सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा प्रवेश गरेसँगै रविको सांसद पद स्वतः निलम्बल हुने व्यवस्था छ ।
‘प्रचलित कानुनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’, सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ मा भनिएको छ ।