ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा तनहुँका ३६ वर्षीय युवामा मङ्कीपक्स सङ्क्रमण देखियो

नेपालगाथा २०८१ पौष ५ गते शुक्रबार २१:०२:४८ मा प्रकाशित

काठमाडाै‌ं । नेपालमा फेरि मङ्कीपक्स सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा‍. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । 'साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो', उनले भने, 'अहिले उनको अवस्था सामान्य छ ।'

उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ । दुई वर्षअगाडि पनि नेपाल आएका एक जना विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो ।

मङ्कीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top