होमपेज / समाज
काठमाडाैं | सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरले फाइनलकाे यात्रा तय गरेकाे हो । एनपीएलको फाइनल खेल शनिबार दिउँसो १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।
यसअघि बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान पक्का गरेको थियो । कर्णालीले भने एलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
बिहीबारको दोस्रो क्वालिफायरमा ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले एक ओभर बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गर्यो ।
एनपीएल उपाधि विजेताले एक करोड १० लाख तथा उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो स्थानमा रहने टोलीले २५ लाख प्राप्त गर्नेछन् ।