होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रीपरिषद्को आजको बैठकले बड्डीचौरदेखि विद्यापुरसम्मको सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने निर्णय गरेको छ ।
विगत लामो समयदेखि अलपत्र अवस्थामा रहेको बड्डीचौर–बिउरेनी–बाबियाचौर–विद्यापुर सडक खण्ड अन्तर्गत पर्ने करिब १३ किलोमिटर सडकलाई राष्ट्रिय प्राथमकितामा समावेश गरेर निर्माण कार्यलाई तिब्रता दिने प्रदेश सरकारले निर्णय गरेको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँड गरी कायान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।
वैठकले कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम (सञ्चाल तथा व्यवस्थापन) कार्यविधि, २०८१ संसोधन गर्ने, परियोजना सम्झौता गर्नका लागि सहमति प्रदान गर्ने गरेकाे छ । यसैगरी बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत सहयोगापेक्षी मानव संरक्षण तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृति गर्ने, अपांगता प्रदेश निर्देशन समिति कार्यविधि, २०८१ स्वीकृति गर्ने र अपांगता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको जनाइएको छ ।