ट्रेण्डिङ

होमपेज / समाज

रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

नेपालगाथा २०८१ पौष २ गते मंगलबार १३:५१:१३ मा प्रकाशित

पोखरा । सहकारी रकम अपचलन मुद्दामा कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न थप ४ दिनको म्याद थप भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रविलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top