ट्रेण्डिङ

होमपेज / समाज

सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. विष्टद्वारा शपथ ग्रहण

नेपालगाथा २०८१ पौष २ गते मंगलबार ०७:४६:३१ मा प्रकाशित

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाका नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पद तथा गोपनीयताको शपथ गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गत शुक्रबारको मन्त्रिपरिषदको बैठकले डा विष्टलाई उक्त संस्थाको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । डा विष्ट यसअघि नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष बनेका थिए ।

नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले केही महिना अघि सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । उक्त ऐन बमोजिम सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा विष्ट नियुक्ति भएको हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top