ट्रेण्डिङ

होमपेज / समाज

६ प्रदेशको मत गन्दा निर्मला शर्मा ८१८ मतले अघि

नेपाल पत्रकार महासंघको नेतृत्वमा पुग्ने निर्मला शर्मा पहिलो महिला बन्ने करिब निश्चित

नेपालगाथा २०८१ मंसिर २९ गते शनिबार १७:०७:०४ मा प्रकाशित

काठमाडाैं | नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशमध्ये हालसम्म ६ वटा प्रदेशको मतपरिणाम आइसकेकाे केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार कोशी, गण्डकी, लुम्बिनी, बागमती, प्रतिष्ठान प्रदेश र उपत्यका प्रदेशको मतपरिणाम आएको छ । जसमा अध्यक्षका प्रत्यासी निर्मला शर्मा ८१८ मतले अगाडि छन् । उनले ३०९२ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी रमेश विष्टले २२७४ मत पाएका छन् ।

कर्णाली, सुदूरपश्चिम, मधे‍श र एशोसिएट प्रदेशको मतगणना जारी छ । सम्भवतः शनिबार साँझसम्म महासंघले नयाँ नेतृत्व पाइसक्ने छ ।

निर्मलालाई नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी र नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनले साथ दिएको छ । यद्यपि, युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका रमेश विष्टलाई माओवादी, एकीकृत समाजवादी लगायत दल निकट पत्रकारहरूको साथ छ । शर्मा महासंघको अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएकी थिइन् भने विष्ट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top