होमपेज / समाज
काठमाडौं । साइबर अपराधको आरोपमा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा हुने बित्तिकै पुनः पक्राउ परेका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनी ४० हजार धरौटी बुझाएर निस्किएलगत्तै फेरि अदालत परिसरबाटै पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोले उनीमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले पुनः पक्राउ गरिएको बताएको छ ।