होमपेज / समाज
सुर्खेत । सुर्खेतमा आयोजना भइरहेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा आफू मरेर पनि अरुलाई बचाउने स्व. क्याप्टेन दिनेश न्यौपानेको स्मृतिमा मानवसेवा आश्रमलाई एक करोड रुपैयाँ सहयोग उपलब्ध भएको छ ।
स्व. क्याप्टेन दिनेश न्यौपाने प्रतिष्ठानका अध्यक्ष तथा स्व.क्याप्टेन दिनेश न्यौपानेका बुवा मानदत्त न्यौपाने, आमा लक्ष्मी न्याैपाने र उहाँकाे सपरिवारले बुधबार श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा सो रकम उपलब्ध गराउने घाेषणा गर्नुभएकाे हो ।
मानवसेवा आश्रम सुर्खेत शाखाको भवन निर्माण कार्यका लागि आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ – २०८१ मा दिनप्रतिदिन सहयोगी हातहरु बढिरहेका छन् ।
यही मंसिर २१ गतेबाट शुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ – २०८१ मंसिर २८ गतेसम्म आयोजना हुने बताइएको छ ।