होमपेज / समाज
सुर्खेत । नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै गर्दा कर्णाली प्रदेशमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएकाे छ। मंसिर २८ गते हुने चुनावका लागि हालसम्म केन्द्रदेखि प्रदेशसम्म अलगअलग समूह चुनावी मैदानमा उत्रिएका छन्।
कर्णाली प्रदेशमा सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको साझा प्यानलले विष्णु शर्माकाे नेतृत्वमा उम्मेदवारी दर्ता गराएका छन् । जसको केन्द्रमा निर्मला शर्माले नेतृत्व गरेकी छन्। यसैगरी अर्कोतर्फ नेपाली कांग्रेस निकट युनियनको विद्रोही समूह, माओवादी केन्द्र निकट प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन र अन्य प्रगतिशील संगठनहरूको समर्थनमा प्रेस सेन्टरका गणेश कञ्चन भारतीकाे नेतृत्वमा उम्मेदवारी दर्ता भएकाे छ । जसकाे केन्द्रमा रमेश विष्टले नेतृत्व गरेका छन्।
शर्मा प्यानलका उम्मेदवारहरू उपाध्यक्ष (खुल्ला) लक्ष्मण केसी, उपाध्यक्ष (महिला) अप्सरा विष्ट, महासचिव खगेन्द्रप्रसाद भट्टराई, सचिव (खुल्ला) विस्नप्रसाद न्यौपाने, सचिव (समावेशी) अशोक राजी, कोषाध्यक्ष ईश्वरराज अधिकारी रहेका छन् ।
यस्तै, भारती प्यानलका उम्मेदवारहरुमा उपाध्यक्ष (खुल्ला) नारायणबहादुर खड्का, उपाध्यक्ष (महिला) सरिता चलाउने, महासचिव दीपक बुढा, सचिव (खुल्ला) नन्दराम जैसी, सचिव (समावेशी) भिमबहादुर परियार कोषाध्यक्ष अशोककुमार सिंह रहेका छन् ।
चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया सोमवार साँझ सम्पन्न भएको छ। दुई प्यानलबीचको यो प्रतिस्पर्धा कर्णाली प्रदेशको पत्रकारिताको आगामी दिशा तय गर्ने महत्त्वपूर्ण घडीको रूपमा हेरिएको छ।
समर्थन जुटाउन उम्मेदवारहरू आ-आफ्ना संगठनहरूको बल र रणनीतिमा सक्रिय छन्। अब मतदाताको प्राथमिकताले नै प्रदेश नेतृत्वमा को विजयी हुन्छ भन्ने निर्धारण गर्नेछ ।