ट्रेण्डिङ

होमपेज / समाज

बीआरआईबाट नेपालले फाइदा लिन सक्छ

नेपालगाथा २०८१ मंसिर २५ गते मंगलबार १४:२९:३९ मा प्रकाशित

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपालले फाइदा लिन सक्ने बताएका छन्।

चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको बताए ।

उनले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नाे पार्टीको ध्यान गएकाे बताए। उनले भने, 'हाम्रो ध्यान सरकारतिर छैन। हाम्रो ध्यान जनतातिर छ। जनतालाई परिचालन गर्नेतर्फ नै छ। सरकारका कामको खबरदारी गरिररहन्छौँ।’

माओवादीको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top