ट्रेण्डिङ

होमपेज / समाज

एनिपएलमा लुम्बिनीको पहिलो जीत

नेपालगाथा २०८१ मंसिर २५ गते मंगलबार १४:१४:१५ मा प्रकाशित

काठमाडाैं | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सका कप्तान राेहित पाैडेल ब्याटिङ र बलिङमा चम्केपछि पहिलो जीत हात पारेको छ । मंगलबार मध्याह्न चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनीले पहिलो जीत निकालेकाे हो । 

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो । पहिलो जीतपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ । 

लुम्बिनीलाई जिताउन कप्तान रोहित पौडेलले अण्डरग्राउण्ड प्रदर्शन गरे । रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए ।

चितवनका लक बेनकेन्सटैनले सर्वाधिक ३१ रन बनाए । २९ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । यसैगरी कप्तान कुशल मल्लले २०, रवि बोपारा १२ र सन्तोष कार्कीले १० रन बनाए । नर कार्कीले २२ र रिजन ढकाल १५ रनमा नटआउट रहे । 

पौडेलले चितवनका विपिन रावललाई ५ रन, सोहिल तन्विरलाई १ रन, रवि बोपारालाई १२ रन र जान लोफ्टी इटनलाई ६ रनमा आउट गराए । यस्तै, रामोन सिमोण्डसले दुई, साद बिन जाफर र अभिशेष गौतमले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । 

लुम्बिनीलाई बलियो स्थितिमा पुर्‍याउन पौडेल र साद बिन जाफरले सानदार ब्याटिङ गरेका थिए । पौडेल र जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरूले टिमलाई बलियो स्कोरमा पुर्‍याएका थिए । 

पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए । ५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top