ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

नेपालगाथा २०८१ मंसिर २२ गते शनिबार १९:४५:३० मा प्रकाशित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । बुधबार प्रोस्टेटसम्बन्धी उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलकाे प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको हो ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल स्वास्थ्यलाभ गरी आज अपराह्न डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

यसैबीच, राष्ट्रपति पौडेलले आफ्नो उपचरमा संलग्न सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभार व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top