होमपेज / समाज
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल पुगेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रोस्टेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका राष्ट्रपतिको स्वास्थ्यस्थितिबारे उनले आज अपराह्न अस्पताल पुगेर जानकारी लिएका हुन् ।