ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार महासंघमा पनि भागबण्डा, चौतारी र युनियनबीच गठबन्धन

कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्षमा चौतारी र बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्षमा युनियन

नेपालगाथा २०८१ मंसिर २१ गते शुक्रबार १४:२२:११ मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रेस चौतारीले अध्यक्ष लिने गरी नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा सहमति भएको छ । सहमति अनुसार चौतारीले अध्यक्ष, महिला उपाध्यक्ष, आदिवासी जनजाति सचिव, कोषाध्यक्ष र लेखा संयोजक सहित २२ सदस्यमा पाएको छ । बाँकी पदाधिकारीहरूमा युनियनबाट उम्मेदवारी हुनेछ । प्रदेश र जिल्ला नेतृत्वमा पनि सहमति भएको छ ।

प्रेस चौतारीका उपाध्यक्ष राजेश राईका अनुसार कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले लिएको छ । बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिएको छ ।

जिल्ला अध्यक्षहरुमा पनि भागबण्डा भएको छ । ४५ युनियन जिल्ला अध्यक्ष युनियन र ३२ जिल्ला अध्यक्ष चौतारीले लिएको छ । जिल्लाहरुको संख्या टुंगिएपनि कसले कुन जिल्ला लिने भन्ने टुंगिन बाँकी छ ।

२८ मंसिरमा हुने महाधिवेशनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top