ट्रेण्डिङ

होमपेज / समाज

नेशनल लाईफद्वारा अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यबाट सम्मान

नेपालगाथा २०८१ मंसिर १९ गते बुधबार २०:०५:२७ मा प्रकाशित

सुर्खेत। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेशबाट सीइओ क्लब सदस्यता प्राप्त अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले ७५ जना भन्दा बढी अभिकर्ताहरुलाई सीइओ क्लब सदस्यता वितरण गर्नुका साथै प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गर्नुभयाे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अन्य प्रदेशको तुलनामा बीमा व्यवसायमा कर्णाली प्रदेश केही पछाडि रहे पनि संभावना भने धेरै रहेको हुँदा यस क्षेत्रमा कार्यरत अभिकर्ताहरुले व्यवसायिक रणनीति बनाई अघि बढ्नुपर्ने सुझाव व्यक्त गरे । 

उनले अभिकर्ताहरु माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुशरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुर्‍याउने उदेश्य रहेको बताए ।

कार्यक्रममा नेपालभरबाट दुइहजार जना भन्दा बढी अभिकर्ताहरु छनौट हुनुले यो योजना अन्यन्तै सफल भएको उनको भनाइ छ । समारोहमा सीइओ क्लब सदस्य र नेशनल रत्नबाट सम्मानित हुन सफल बिजनेश लिडरहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नै प्रदेशमा सम्मान ग्रहण गर्न पाउँदा आफूहरुको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top