होमपेज / समाज
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार उनले ५ हजार ३३४ मतका साथ विजय हासिल गरेका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ५५५ मत पाउँदा तेस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार ध्रुव महर्जनले ९९५ मत प्राप्त गरे ।